शिक्षा, स्वास्थ्य ,रोजगार लगाएत क्षेत्रलाई प्राथमिकतामा राख्दै बित्थडचिर गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न

सेयर गरौं

तरुणा जोशी -बझाङ


बझाङको बित्थडचिर गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न भएको छ । शिक्षा स्वास्थ्य ,रोजगार , खानेपानि, पर्यटन क्षेत्रलाइ प्राथमिकतामा राखेर कार्यबिधि ऐन पारीत गदै १२ औँ गाउसभा सम्पन्न भएको हो । बित्थडचिर गाउपालिका अध्यक्ष अम्मर सिह महरको अध्यक्षतामा सञ्चालन भएको १२ औँ गाउँसभामा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल रहनुभएको कार्यक्रममा गाउँपालिका प्रबक्ता हरीसचन्द्र जोशी , १ देखी ७ वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य,बिषयगत शाखाका प्रमुख कर्मचारीहरुको सहभागीता रहकेो थियो । उक्त गाउँसभामा कार्यपत्र प्रस्तुत गाउँपालिका उपाध्यक्ष सिह मल्लले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1362