१३ माघ २०८१, आईतवार
जिल्ला अस्पताल बझाङमा भएको निशुल्क आँखा तथा मोतिबिन्दुको अप्रेशन शिविरमा ७ सय बढिले लिए सेवा
तरुणा जोशी – बझाङ
जिल्ला अस्पताल बझाङमा सञ्चालित ३ दिने आँखा शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजना तथा जिल्ला अस्पताल बझाङ नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल, आँखा अस्पताल बझाङको सहजिकरणमा ३ दिने आँखा शिविर सञ्चालन भएको हो ।
बझाङमा १२ वटा स्थानीय तहरुका दुरदराजमा आखा सम्बन्धि समस्या भएर बसेका नागरीकलाइ सेवा दिने उदेश्यले निशुल्क शिबीर सञ्चालन गरेको थियो । जिल्लाका बिभिन्न ठाउमा सञ्चालन गरेको आँखा सम्वन्धि शिबीरमा सेवा गा्रहिको थेगिनसक्नु भिड रहेको थियो । जिल्ला अस्पतालमा माघ १० गते बाट सञ्चालन भएको ३ दिने शिबीरमा मात्र ७ सय २ जनाले सेवा लिएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
शिबीरको पहिलो दिन मात्रै ३ सय ९६ जनाले आँखा सम्बन्धि सेवा लिएका थिए भने ७८ जनाको मोतीबिन्दुको अप्रेशन गरीएको थियो । जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरले जिल्लाका दुरदराजमा अवस्थित बाहिरी उपचार गर्न नसक्ने गरिव, विपन्नहरुले सेवा पाएको स्रोतको भनाइ छ । बझाङ बाट धनगढी काठमाडौ अर्थात बाहिरी उपचार गर्न जाँदा लाखौं रुपैयाँ खर्च हुने भएकाले यो उक्त रकम बचत भएको स्थानियले बताए । शिविरमा ७ सय २ जनाले सेवा लिएता पनि २ सय ५३ को मोतिबिन्दुको अप्रेसन सफल भएको जनाएको छ ।