कञ्चनपुरमा अटो दुर्घटना, एक जनाको मृत्यु, दुईजना घाइते

सेयर गरौं

कञ्चनपुरको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन । शनिबार पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई  पल्टिदा ३ जना  घाइते भएका थिए । घाइते मकवानपुरको हेटौडा उपमहानगरपालीका–१ का ३१ वर्षीय सरोज रिमालको  धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार रामेछापको सुन्थलि नगरपालीका–११ का १८  वर्षीया सबिना घिमिरे र महोत्तरीको मर्दिवास नगरपालीका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन ।  दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1362