रवि लामिछाने नागरिकता लिने तयारीमा

सेयर गरौं

काठमाण्डौं – रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन् । उनले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने तयारी गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आइतबार कार्यालयमा आउने जानकारी आएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् । 

यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो । लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए । यी सबै पद अहिले उनले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201