दार्चुला प्रहरीले बरामद गरेको पेस्तोल नक्कली भएको पुष्टि

सेयर गरौं

बझाङ –

दार्चुला प्रहरीले बरामत गरेको पेस्तोल नक्कली भएको खुलेको छ । शनिबार बेलुकी प्रहरीले महाकाली नगरपालिका वडा नम्बर ९ को सकार खेल मैदानमा एक जना १५ वर्षिय बालकको साथबाट बरामद गरेको पेस्तोल नक्कली रहेको पुष्टी भएको हो ।

खेलमैदानमा जम्मा भएका बालबालिकाहरु बिच झगडा भएका बेला एक १५ वर्षिय बालकले पेस्तोल देखाएको भनेर प्रहरीमा खबर आएको तथा प्रहरीले नक्कली पेस्तोल र ति बालकलाई पक्राउ गरी शनिबार बेलुकी जिल्ला प्रहरी कार्यालय दार्चुला लगेकोे थियो ।

जिल्ला प्रहरी कार्यालयमा पेस्तोल हेर्दा नक्कली भएको जस्तो लागेको र परिक्षण गर्दा नक्कली एयर पेस्तोल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

खेलौनाका रुपमा प्रयोग गरिने उक्त पेस्तो झट्ट हेर्दा सक्कली जस्तै देखिएकोले प्रहरीले बालक र पेस्तोल नियन्त्रमा लिएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिएका बालकलाई आफ्न्तको जिम्मा लगाइएको प्रहरी निरिक्षक मगरले जानकारी दिनुभयो ।

#साभार मालिकार्जुन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203