थलारा गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन थाल्यो

सेयर गरौं

बझाङ -थलारा ! बझाङको थलारा गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन थालेको छ ।
लामोसमयदेखि भाँडाको भवनबाट सेवा प्रवाह गर्दै आएको पालिकाले अत्याधुनिक सेवा सुविधा सम्पन्न सहितको नयाँ प्रशासनिक भवन निर्माण भएपछी आफ्नै भवनबाट सेवा दिन थालेको हो।
थलारा गाउँपालिका – ५ स्थित खोलीमा रहेको थलारा बहुमुखी क्याम्पसको भवनहरू भाँडामा लिएर सेवा प्रवाह गरिरहेको पालिकाले आइतबारदेखि भने आफ्नै नयाँ भवन सेलिधारबाट सेवा प्रवाह गर्न सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले जानकारी दिनुभएको छ ।

सेवा प्रवाह गर्नका लागि भाँडामा लिएको भवनको पालिकाले प्रत्येक महिनाको ४५ हजार रुपैया भाँडा तिर्दै आएको थियोे । अब आफ्नै भवन निर्माण भएपछि उक्त भाँडाको रकम बच्ने र विकास निर्माण तर्फ खर्च गरिने पालिकाले जनाएको छ ।

पालिकाले भाँडाको भवनबाटसेवा दिइरहेकोमा सेवाग्राहीले भने छुट्टाछुट्टै भवनमा विषयगत शाखा हुँदा सास्ती खेप्न परेको थियोे । पालिका आफ्नै नयाँ भवनबाट सेवा दिन थालेपछि यो समस्या हट्ने र सहजरूपमा सेवा पाउन सेवाग्राहीले आशा गरेका छन् ।

पालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्नका लागि वि.सं २०७७/०९ / १९ गते टेण्डर आह्वान गरेको हो ।
उक्त टेण्डर जार्गीति मुनाल जेभीले पायो ।
टेण्डर पाएको जार्गीति मुनाल जेभील र गाउँपालिका विच १ करोड ६८ लाख ६० हजार ४ सय ७० रुपैया ७८ पैसा भवन निर्माण गर्ने गरि सम्झौता भएको थियोे ।
सम्झौता लगत्तै काम सुरु गरेको जार्गीति मुनाल जेभीले २०७९ /०५/२७ गते निर्माण कार्य सम्पन्न गरेर पालिकालाई भवन हस्तान्तरण गरेको पालिकाका इन्जिनियर संगीत रोकायाले बताउनुभएको छ । उहाँका अनुसार नवनिर्मित पालिका भवन १ करोड ६८ लाख २७ हजार ३ सय ८२ रुपैया २४ पैसा लागतमा बनेको छ ।

पुरानो भाँडाको भवन साँघुरो ठाउँ भएकाले लामो समयदेखि कठिनाई झेल्नुपरेपनी अब नयाँ प्रशासनिक भवन बनेपछी काम गर्न सजिलो हुने पालिका अध्यक्ष प्रकाश रोकायाको भनाई छ।

आइतबारदेखि सेवा दिन सुरु गरेपनि प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको उपाध्यक्ष रामबहादुर खातीले बताउनुभयो । उहाँका अनुसार केही दिनमै प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन गरिनेछ ।
सेवाग्राही पहिलेकै भवन जाने भएकोले नयाँ भवन सेवा लिन आउन हुन पनि पालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212