६ आश्विन २०८०, शनिबार

शहीद दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ ले भने शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरौ
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । आज शहीद दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले शहीदले देखाएको बाटोमा शब्दमा मात्र नभई कर्ममा लाग्न आग्रह गर्नुभएको हो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।
‘तानाशाही र निरंकुश व्यवस्थाविरूद्ध संघर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ’, प्रधानमन्त्री प्रचण्डलेको शुभकामना सन्देशमा भनिएको छ, ‘ आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो।’
शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उउहाँले बताएका छन्।
प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित रहेको दाबी गर्नुभएको छ ।