८ आश्विन २०८०, सोमबार

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
बझाङ
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सोमबार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।
अन्य प्रदेशको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । पानी नपर्दा माघ महिनाको मध्यमै गर्मी बढेको छ । देशका धेरै ठाउँमा बिहान बेलुका केही चिसो भए पनि दिउँसाे गर्मी छ । घाम चर्किन थालेसँगै तापक्रम पनि बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1