७ चैत्र २०८१, शुक्रबार

थलारा गाउँपालिका वडा नम्बर – ८ मा योजनाको दिगो ब्यवस्थापन गोष्ठी सम्पन्न
बझाङको थलारा गाउँपालिका वडा नम्बर – ८ मा योजनाको दिगो ब्यवस्थापन गोष्ठी सम्पन्न भएको छ ।
वडामा सञ्चालन हुने योजनाका पदाधिकारी सँग अन्तरक्रिया गर्नका लागि आयोजना गरिएको १ दिने योजनाको दिगो ब्यवस्थापन गोष्ठी सोमबार वडा कार्यालय साँयरमा सम्पन्न भएको हो ।
वडामा सञ्चालन हुने योजनालाई दिगो, पारदर्शी , र गुणस्तरीय बनाउने उदेश्य सहित वडा भित्रका योजना उपभोक्त समितिका अध्यक्ष , सचिव र कोषाध्यक्ष , वडामा रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूलाई बोलाएर सोमबार अन्तरक्रिया गरिएको वडा सचिव डिल्लीराज पाण्डेले बताउनुभएको छ ।
गोष्ठीमा विगतका बर्षहरूमा सञ्चालन भएका योजनाहरू दिगो नदेखिएकाले अब सञ्चालन हुने योजना दिगो, पारदर्शी , र गुणस्तरीय बनाउनमा जोड दिइएको छ ।
उक्त कार्यक्रमका प्रशिक्षक तथा थलारा गाउँपालिका पुर्व जलस्रोत अधिकृत छत्रराज जोशीले योजना पारदर्शिताका लागि निर्देशित प्रक्रिया , सार्वजनिक सुनुवाइ तथा सार्वजनिक लेखापरीक्षण , जनलेखा परिक्षण , उपभोक्त समिति तथा उपभोक्तहरूको जिम्मेवारी बारे लगायतका बिषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियोे ।
वडा सचिव पाण्डेले भने अहिले सरकारी काम हो भन्दै काममा सहि समयमा नआउने र पारिश्रमिक मात्रै पूरा खोज्ने प्रवृत्ति बढेको छ । उहाँले थपे बिहान १० बजे काम सुरु गर्नुपर्ने भए पनि दिउँसो १ बजे उपस्थित भएर हाजिर लगाउन प्रबृत्ति छ । जबसम्म यस्ता प्रबृत्तिको अन्त्य हुँदै तबसम्म योजना दिगो पारदर्शी नहुने उहाँले बताउनुभएको छ ।
त्यसैले उपभोक्त समितिका पदाधिकारीले मजदुरलाई काम अनुसारको पारिश्रमिक दिनपनि सचिव पाण्डेले आग्रह गर्नु भएको थियोे ।यस्तो गरेमात्र योजना दिगो बन्ने पनि उहाँको भनाइ छ ।
गोष्ठी वडाध्यक्ष टिकाराज जोशीको अध्यक्षतामा भएको हो ।