शान्ति माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरि मनायो सहिद दिवस

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाका रहेको शान्ति माध्यमिक विद्यालयले सहिद दिवस मनाएको छ ।
थलारा गाउँपालिका-३ स्थित पाराकाट्नेमा रहेको शान्ति माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरि सोमबार आज सहिद दिवस मनाएको हो ।

शहिदहरूको सम्झनामा विद्यालयले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरू बीच हाजिर जवाफ प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू बीच सहिद र लोकतन्त्रका बिषयमा वक्तितृत्वकला प्रतियोगिता गरिएको थियोे ।
हाजिर जवाफ प्रतियोगितामा अरस्तु सदन प्रथम ,रुसो सदन द्वितीय ,शुकरात सदन तृतीय, र प्लेटो सदन सान्त्वना भएको छ भने , वक्तितृत्वकलामा सविता उपाध्याय प्रथम, पवनप्रकाश उपाध्याय द्वितीय ,छाँया भण्डारी तृतीय, र निरञ्जना भण्डारी सान्त्वना भएकी छन् ।

उक्त प्रतियोगितामा सहभागी भइ प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीले पुरस्कृत गरिएको शिक्षक नरबहादुर भण्डारी (नवप्रगती) ले जानकारी दिनुभएको छ ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर धामीको अध्यक्षतामा भएको थियोे, भने प्रमुख अतिथि शंकर बहादुर धामी रहनु भएको थियोे । कार्यक्रम सञ्चालन मदन बहादुर साउँदले गर्नु भएको हो भने शुभकामना मन्तव्य राम प्रसाद पाण्डेले राख्नु भएको शिक्षक भण्डारीले थलारा खबर सँग कुरा गर्दै बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212