१९ आश्विन २०८१, शनिबार
थली नौबिसको पबित्र भुमि थलिजिउलाको दुर्गादेवी मन्दिरमा लाकुडी लाइनी पर्व सम्पन्न
गणेश कुमार बुढा – बझाङ
बझाङको छविसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको मुटु मानिने थली नौबिसको पबित्र भुमि थलिजिउलाको दुर्गादेवी मन्दिरमा लाकुडी लाइनी पर्व सम्पन्न भएको छ । लाकुडी लाइनी जात हरेक बर्ष माघ १५ र १६ गते दुई दिनसम्म लाग्ने गर्दछ । १५ गते लेकगाउँको दैयाडबाट विहानैदेखी निराहार बर्त बसेर यो पर्व मनाइएको छ । माघकी उबासु नामले चिनिने १५ गते बाठपाला देबताको मन्दिर देउघर दैपाणमा विशेष गरि पुजाआजा गर्ने र बेलुकी खडरात्री बसेर बाठपाला देबताकै फाग गाएर मनाउने प्रचलन छ ।
निरहार वर्त पानी नखाएर यहाँका मानिसहरु विहानै देखी खाली खुट्टा मन्दिर गएर पूजा आराधाना गर्छन् । खाली पेट र मुखमा जौंको पात राखेर निराहार वर्त वसि दुर्गादेवीलाई पूजा गरेमा अन्नवाली राम्रो हुने,सन्तान प्राप्ती हुने घरमा लौ लछिन हुने धन दौलतपनी राम्रो हुने जनविश्वास रहिआएको छ । दिनभरी मन्दिरमा पूजापाठ गरी बेलुका देवताका फाग गाउँदै उपासना बस्दा दुर्गा देवीले मनले सोचेको बरदान दिने जनबिस्वास पाइन्छ ।
यसै गरि दोर्सोदिन अर्थात माघ १६ गते थलिनौविसको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल थलि जिउँलाको दुर्गा मन्दिरमा लाकुडी लगाउँने चलन छ । सल्लाको सिङ्गो रुख नै उचालेर दुर्गादेवीको मन्दिरमा लाकुडी चढाउने परम्परा रहेकोले यसलाई लाकुडी लाईनी पर्व भनिएको हो । वास्तबमा यो पर्व लेकगाउँबाटनै सूरु हुन्छ। लेकगाउँको दैपाणबाट चह चह गर्दै चलाउने परिवारले आलम, बैसेक ,आसागुर्ज, लगायतको साम्रगी सहितको डोला ल्याएपछि यो पर्व प्रारम्भ हुन्छ ।
डोलालाई थली दुर्गाको मन्दिरमा पूर्याएपछि सल्लाको सिङगै रुख काटेर एउटा पनि हागो न भाचेर उचालेर ल्याउने प्रचलन छ त्यसलाई लाकुडी लाइनी भनिन्छ । अघिल्लो वर्ष चढाएको लाकुडी ढालेर नयां लाकुडी भणार सोर्नै कार्य गरेपछि सवै जना नयाँ लाकुडी ढालेकको ठाउँमा वाजागाजा सहित नयाँ लाकुडी ल्याउन तिलेली धार जाने प्रचलन छ। काडागाइ भनिने दौल्याल परिवारको पुजारीले सिङ्गो सुख ढाल्नुपर्छ । त्यो सिङ्गो रुखलाइ नै नबिगारिकन नभाचिकन जस्ताको तेस्तै ल्याउने प्रचलन छ । थली नौबिसका चारै गाउँका भक्तजनका साथै छबिस पाथिभेरा र दुर्गाथली गाउँपालिकाको जुजि बाट साथै खप्तड छान्नाबाट समेत श्रदालु भक्तजनहरु आउने प्रचलन छ । थली नौबिस युवा संजालको विशेष पहल कदमिमा यहाँको स्थर उन्नतिका लागि विशेष पहल कदमिहरु भएका छ्न । यहीँबर्ष थली नौबिस युवा संजालले लगभग १८ लाखको लागतमा मन्दिर निर्माणकार्य गर्न लागिरहेको छ। देउसी भैलोको चन्दा संकलनबाट निर्माण गर्न सुरु गरिएको मन्दिर तामाले छाउने तयारी भैरहेको छ । ब्याङलोर बाट समेत आर्थिक सहयोग संकलन गर्दै जनस्तरमा बनेको सबैभन्दा बिस्वस्नियता भएको साथै बढी लागतको कामको रुपमा मन्दिर निर्माणको कामलाई लिन सकिन्छ ।
मार्सिधान फल्ने धलि जिउला आफैंमा प्रसिद्ध भुमि हुँदै हो। तेस्तै जिउँलाको पुर्ब पट्टिजोडिएको २२०४ सिढी रहेको सिंजाली महाराजाले बनाएको सिढी खुट्टकुडि पनि यहाँको प्रसिद्ध ऐतिहासिक स्थान हो । मासको गाह्रो लगाएर बनाएको १०० मिटर भन्दा अग्लोठाउँमा बनाएको पुल माटेसाङु पनि ऐतिहासिक ठाउँका रुपमा परिचित छ । बिर्सौना बजारले यो ठाउँमा घुम्नलाई थप आकर्षक बनाएको छ । यस क्षेत्रका प्राकृतिक , धार्मिक, सास्कृर्तिक, महत्त्वका सम्पदाहरुको बिकास सम्बर्द्धन र प्रचारप्रसार हुन सके आन्तरिक र बाह्र प्रयटक समेत आउने निकै सम्भावना देखिन्छ । पछिल्लो समयमा यहाँका युवाहरूलाई र विशेष गरि युवासंजाल लगायत संघ सस्थाहरुको पहलमा बझाङका ऐतिहासिक धरोहरसम्बन्धि कार्यहरु भएको पाइन्छ । आउनुहोस् एकपटक आन्तरिक प्रयटन प्रबर्द्धनका लागि साथै आजको दिनमा पनि छोर्याटा छोर्याटिका देउडा खेल , देबि देउताको फाग र थली नौबिसको मौलिक सस्कृतिको अबलोकन गर्न एकपटक थली नौबिस घुम्न जानैपर्ने उपयुक्त गन्तव्यका रुपमा चिनाउन यहाँका युवाहरू लागिरहेका छन।
लेखक बुढा सामाजिक साँस्कृतिक अभियन्ता साथै थली नौबिस युवा संजालका इन्चार्ज हुन ।