७ चैत्र २०८१, शुक्रबार

बैतडीको पाटन नगरपालिकाको वनारसी धाममा आज जात्रा, नगरपालिकामा सार्वजनिक बिदा
बझाङ – बैतडीका पाटन नगरपालिका ३ को सुर्नया किनारमा रहेको बनारसी धाममा आज मेला लाग्ने भएको छ । विशेष पुजाआजासहित प्रत्येक वर्ष सुक्लदशमीको दिन जात्रा लाग्ने गरेको छ । बैतडीसहित छिमेकी जिल्ला र भारतबाट समेत यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।
यहाँ दलित समुदायका पुजारीबाट प्रशाद ग्रहरण गर्ने गरिएको छ । यसलाई जातिय सद्भावको रुपमा लिइने गरिन्छ । कुनै विभेद नगरी सबै समुदायका व्याक्तिहरुले पुजाआजामा सहभागि भई दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्ने गरेका छन् ।
यसैगरी पाटन नगरपालिकाले मंगलबार सार्बजनिक बिदा दिएको छ । बनारसी धाममा लाग्ने जात्राको अवसरमा बिदा दिने निर्णय गरेको वडा नम्बर ८ का वडा अध्यक्ष एवं समाजिक विकास समिति संयोजक हरिश बिष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1