बार एसोसियसन डडेल्धुराका उपाध्यक्ष रोकायाको निधन

सेयर गरौं

बझाङ

बार एसोसियसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ । बझाङको थलारा गाउँपालिका घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाइ कार्यरत अधिवत्ता रोकायाको निधन भएको हो ।

उहाको मंगलबार आज बिहान धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको बार डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले बताउनुभएको छ । जोशीका अनुसार रोकाया कानूनी सहायता समितिमा पनि कार्यरत थिए । उनी प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालका केन्द्रीय सदस्य पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
संवाददाता
संवाददाता
Articles: 1242