बाजुरामा भरुवा बन्दुक फेला

सेयर गरौं

बाजुरा –  बाजुरामा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको हिमाली गाउँपालिका–३ युनास्थित कवाडी नदीको बगरको झाडीबाट एक थान भरूवा बन्दुक फेला परेको हो।

सोमबार दिउँसो विशेष सूचनाको आधारमा सो क्षेत्रबाट प्रहरीले बन्दुक बरामद गरेको जनाएको छ।

प्रहरी चौकी बिच्छियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो। यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346