२५ मंसिर २०८१, मंगलवार
जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने, प्रमुख जिल्ला अधिकारी पाण्डे
सत्यराज सिंह – बझाङ ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय बझाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताउनुभएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बझाङमा पत्रकारसंँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताउनुभयो । आफुले अन्य जिल्लाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वास व्यक्त गर्नु भएको छ । अधिकारी पाण्डेले बझाङ जिल्लालाई शान्ति सुरक्षा एवंम सुव्यवस्थीत बनाउन ‘हाम्रो सान, हाम्रो बझाङ’ भन्ने आफुले संङ्कल्प लिएको बताउनुभएको छ । उहाँले कालो बजारी, अपराध र भ्रष्टाचार आफुले शुन्य सहनशिलतामा राखेको भनाई छ ।
ताक्लाकोट नाकाको विषय, वजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनालाई आफूले विशेष तरिकाले अगाडि बढाउने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभएको छ ।