बझाङको सदरमुकाम चैनपुरमा सिसिटिभी क्यामेरा जडान

सेयर गरौं

रुपक खड्का – बझाङ

बझाङको सदरमुकाम चैनपुर बजार सि सिटिभी क्यामेराको निगरानीमा रहेको छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका भित्र पर्ने चैनपुर बजारमा दिनप्रतिदिन चोरी तथा अपराधीक घटना घट्ने भएकाले बजारका ब्यस्त तथा संबेदनसिल क्षेत्रमा सि.सि क्यामेरा जडान गरेको नगरप्रमुख चेतराज बजालले बताउनुभयो।

जिल्लाकै मुख्य बजार मानिएको चैनपुर बजार भित्रका अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि सहयोग पुग्ने होटेल व्यावसायि बिरेन्द्र सिहले बताएका छन् ।
करिब ६ लाख ५० हजार लगानीमा चैनपुर बजार भित्रका अति संबेदनसिल क्षेत्रमा सि.सि.टि.भि क्यामेरा जडान गरेपछि सुरक्षित महसुस गरेको व्यावसायहरुले बताउदै आएका छन् ।
CCTV-camera ले चैनपुरको लोकतान्त्रिकचोक देबिस्थान मन्दिर , खुल्ला मंच , शान्तिरोड , तथा सदरमुकाम भित्रने विभिन्न पुल तथा सडक गरि १६ स्थानमा सि.सि.टि.भि. क्यामेराले निगरानी गर्ने भएको छ।

शान्ति सुरक्षाको संबेदनशिलतालाई मध्यनजर गरि जडान गरिएको सि.सि.टि.भि. क्यामराको कन्ट्रोल जिल्ला प्रहरी कार्यलय बझाङमा रहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारिले जनाएका छन् ।
सिसिटिभी जडानले नागरिकलाई सार्वजनिक स्थानमा गलतकार्य नगर्न सचेत गराउने प्रहरीको विश्वास रहेको बताए । कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325