१९ आश्विन २०८१, शनिबार
जयपृथ्वी नगरपालिकामा सस्थाहरुले गरेका कामको सधै निगरानी हुने मेयर बजालको भनाई
टेकेन्द्र बोहरा – बझाङ ।
बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराजले बजालले यो सँसारमा रहेका जुनसुकै धर्म र सस्थाहरुको उदेश्य कसैको पनी नराम्रो नहुने र यस जयपृथ्वी नगरपालिकामा लागु भएका सस्थाहरुले गरेका कामहरुको बारेमा निगरानी हुने बताउनुभएको छ ।
मंगलवार नगरपालिकाको सभाहलमा सम्पन्न भएको नेपालको राष्ट्रिय बहाई समुदाएको आयोजनामा समाज रुपान्तरणका लागी एक दिने परीचयात्मक तथा अन्तरक्रिया कार्यक्रम यस्तो बताउनुभएको हो ।
कार्यक्रमा बोल्दै मेयर बजालले हामि निर्वाचित भएर आई सकेपछी नगरपालिकामा भए गरेका कामहरुको जस र अपजस आफुले पाउने भएका कारण नगगरपालिकामा भए गरेका कामहरुको निगरानी गर्ने काम आफुमा रहेको सस्थाले राम्रो काम गरे हामीले साथ सहयोग र सहकार्य गर्ने यदी जुन सुकै सस्थाले समाजमा नराम्रो कार्य गरेमा हटाउन सकिने पनी चेतावनी समेत दिनुभयो ।
त्यस्तैे कार्यक्रमा बोल्दै जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मराज जोशीले भन्नुभयोे हाम्रो समाजामा हुने अपराधिक क्रियाकलापहरू हत्या हिङ्सा झैझगडा लगाएत विभिन्न कुराहरु नैतिक शिक्षाको अभावले हुने हुदाँ यस सस्थाले दिने नैतिक शिक्षा सवै वालवालिका युवायुवतीहरुलाई आवस्यक रहेको हुँदा यो कार्यक्रम एक दमै प्रभावकारी हुने समेत अपेक्षा समेत राख्नुभयो ।
कार्यक्रमा जयपृथ्वी नगरपालिका वडा नँ ५ का वडा अध्यक्ष प्रेम बहादुर थापाले भने वालवालिकाहरुलाई सानै देखी नैतिक शिक्षा आवस्यक रहने भएको हुँदा आफ्नो वडामा यो कार्यक्रम लागु गरे केही नभएपनी बालवालिका युवा युवतीहरुलाई नैतिक शिक्षा पढ्न पाउने र यसले कालान्तरमा समाज रुपान्तरणमा सहयोग मिल्ने बताउनुभयो ।
कार्यक्रकमको समापन कार्यक्रमा बोल्दै नेपालको राष्ट्रिय बहाई समुदाएका केन्द्रिय सदस्य चन्द्रकान्त पौडेलले मानवातावादी राजा जयपृथ्वी बहादुर सिहले लिएको सोच विस्व शान्ति मानवता एकता भएको हुदा यो सस्थाको काम पनी एउटै रहेको र यस नगरपालिकामा यो कार्यक्रम लागु गर्न पाउनु यस सस्थाको सौभाग्य रहेको बताउनु भएको छ ।