अनुष्का भट्टका पाँच मुक्तक – थलारा खबर

सेयर गरौं

अनुष्का भट्ट – बैतडी

मुक्तक

१)
धमनी, शिरा रक्तकोशिका बदल्ने यन्त्र बनेको छ
भन्छन् आजभोलि देशको बलियो अर्थतन्त्र बनेको छ
भन्नुहोस् नेता ज्यु सत्तामा पुगेर के के गर्नुभयो विकास आज ,
देशको मुल कानुन संविधान पनि किन? जप्ने मन्त्र बनेको छ।

२)
जीवनमा संघर्ष गर्नु पर्ने बारम्बार हुन्छ,
गन्तव्य देखि डराउनेको हार माथि हार हुन्छ,
जो कर्मशील भई लक्ष्य पूरा गर्न लागिरहन्छ,
सफलता हासिल हुन्छ सपना साकार हुन्छ ।

३)
जीवनमा एक्लो हुँदा साथ दिने हात भए पुग्छ,
सुख,सन्तुष्टि साथ बितेको दिन- रात भए पुग्छ,
धनीहरुलाई हो अझै राहतको आवश्यकता पर्ने,
हामी गरिबलाई त दुई छाक टार्न भात भए पुग्छ ।

४)
घरमा एक माथी समस्या अर्को हुँदै आयो,
कान्छी आमाको व्यवहार झर्को हुँदै आयो,
विवेकहीन बलको कुनै अर्थ हुँदैन भन्थे त्यसैले,
आँसु भेल,दु:ख,पिडाको लर्को हुँदै आयो।

५)
हजारौं समस्याहरु सजिलै सहन सकु यत्ति चाहना छ,
जस्तोसुकै परिस्थितिमा पनि रहन सकु यत्ति चाहना छ,
आफ्नहरुले दिएको चोट,पिडालाई मनमा नलिएर,
जीवनमा आधी -हुरि सङ्गै बहन सकु यत्ति चाहना छ।

मुक्तक वाचन हेर्नुस् भिडियो

लेखक भट्ट बैतडीको डिलासैनी गाउँपालिका- १ कि हुन ।
उनी विगत केही समयदेखि साहित्यमा कलम चलाउँदै आएकी छन् ।

यो लेखक पढ्दा यदि तपाईलाई पनि यसरी नै डिजिटल अनलाइन पत्रिकामार्फत रचना प्रकाशित गर्ने चाहना भए हामीलाई पठाउनु होस् , हामी प्रकाशित गरिदिने छौ।
लेख रचना पठाउनका लाग
gmail
[email protected]

[email protected]
[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357