न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

सेयर गरौं

काठमाडौं : न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ। 

गएराति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो। 

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२ दममलव १ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका कप्तान हार्दिक पन्ड्याले चार विकेट लिए। चार ओभर बलिङ गरेका पन्ड्याले १६ रनमात्र खर्चिए । यस्तै, अर्सदीप सिंह, उम्रन मलिक र सिवम मावीले समान दुई विकेट लिए। 

भारतविरुद्ध निरीह देखिएको न्युजिल्यान्डबाट डर्याल मिचेलले ३५ र कप्तान मिचेल स्यान्टनरले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि ओपनर सुबमन गिलले अविजित १२६ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३४ रन बनाएको थियो  यस्तै राहुल त्रिपाठीले ४४, हार्दिक पान्ड्याले ३० र सूर्यकुमार यादवले २४ रन बनाएका थिए। 

न्युजिल्यान्डका मिचेल ब्रासवेल, ब्लायर टिकनेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201