९ किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ

सेयर गरौं

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई) दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो। 

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाइ दुबईको एफ–२५७३ मार्फत काठमाण्डौ आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242