१५ आश्विन २०८०, सोमबार

सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनकाे मूल्य अहिलेसम्मकै महँगो भएकाे छ। आज सुनको मूल्य तोलाकाे एक लाख सात हजार पाँच सय रुपैयाँमा पुगेको छ।
हिजो तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियो। हिजोको मूल्यभन्दा आज तोलामा एक हजार दुई सय रुपैयाँले बढी भएकाे हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन। सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा मूल्य बढेको महासंघको भनाइ छ।
यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1