कालंगा जलविद्युत परियोजना केन्द्रीय प्रशारण लाइनमा जोडियो

सेयर गरौं

सुदूरपश्चिमको सबैभन्दा ठूलो ३८.४६ मेगावाट क्षमताको अपर कालंगा जलविद्युत परियोजना विद्युतको केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । मंगलबार परियोजनाको उद्दघाटन भएसंगै कालंगा जलविद्युत परियोजना केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । 

उद्दघाटन अघि परियोजनाको परीक्षण गरिएको थियो । परीक्षण पूर्ण रुपमा सफल भएपछि परियोजनाको उद्घाटन गरिएको हो ।

बझाङमा निर्मित कालंगा जलविद्युत परियोजना सुदूर पश्चिमको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलामा निर्माण गरिएको थियो ।

विभिन्न सञ्चारमाध्यमबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1322