थलारा गाउँपालिका- ७ मा भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिका- ७ मा भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

प्रगतिशील युवा समाजको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा बिहीबार माडौँकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयमा भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
अभ्यासमा भवानी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक शिक्षिकालाई भूकम्पबाट हुनसक्ने सम्भावित क्षति र न्यूनीकरणका उपायहरूबारे जानकारी तथा कृतिम अभ्यास गराइएको थियो। कार्यक्रममा कमजोर संरचनाले पनि मानवीय क्षतिका घटनाहरू हुने भएकाले भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।

प्राकृतिक प्रकोप मानव नियन्त्रणमा नभएकाले यसबाट हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणमा सघाउ पुर्‍याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको विपद ब्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर पदम बिष्टले बताउनुभएको छ ।
भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाका मन्त्री इश्वरनाथ जोशी र कार्यक्रम अधिकृत विनोद श्रेष्ठले प्रशिक्षण गर्नुभएको थियोे ।

कार्यक्रम वडाध्यक्ष किस्ने सार्कीको अध्यक्षतामा र विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष हिरालाल रोकाया र प्रधानाध्यापक चक्रबहादुर रोकायाको विशिष्ठ आतिथ्यततामा भएको हो ।त्यस्तै अतिथिमा युएमएनका प्रतिनिधि , प्रगतिशील युवा समाजका प्रतिनिधि , कोइरालाकोट स्वास्थ्य चौकी इन्चार्ज विजयराज खाती र शिक्षक, शिक्षिका रहनु भएको थियोे ।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन विपद ब्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर बिष्टले गर्नुभएको थियोे ।

1675350341528
तस्बिर हिक्मत उपाध्याय
1675350357386
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212