डडेल्धुराको नवदुर्गाका युवक बैतडीमा मृत भेटिए

सेयर गरौं

बझाङ : डडेल्धुराका युवक बैतडीमा मृत भेटिएका छन्। बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत भेटिएका बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ ।

बिहीवार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। उनको कसरी मृत्यु भयो भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246