सांसद चौधरी कारागार चलान 

सेयर गरौं

बझाङ –नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । 

चौधरीलाई बिहीवार दिउँसो बाँकेको चिसापानीबाट लुम्बिनी प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँ कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

फरार सूचीमा रहेका चौधरीलाई पक्राउ गरि नेपाल प्रहरीले आज कैलाली अदालतमा बुझाएको थियो । जिल्ला अदालत कैलालीले उहाँलाई आजै कारागार चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201