१ जेष्ठ २०८२, बुधबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बझाङ – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३० वर्षीय करन चौधरी घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1