सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक

सेयर गरौं

बझाङ – सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । प्रदेशसभाको वेबसाइट ह्याक भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन । 

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230