१९ आश्विन २०८१, शनिबार
बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बित्थडचिर गाउँपालिकाको आयोजनामा वडा नम्बर ९ सुनकुडामा रहेको सुनकुडा माध्यमिक विद्यालयमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले उद्घाटन गर्नु भएको हो । उहाँले उद्घाटन कार्यक्रममा बोल्दै बझाङ जिल्लाको खेलकुद विकासको लागि आफ्नो तर्फबाट हुने सहयोगको लागि सदैव तयार रहेको बताउनुभएको थियोे ।
उद्घाटन कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष अमरसिंह महरले खेलकुदले मानिषलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभएको छ । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने उहाँको भनाइ छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल भाला, सडफुट, लम्जम्प र दौडका खेल सन्चालन हुनेछन् ।
शुक्रबार आज पहिलो भलिबल खेलमा सुनकुडा माध्यामिक विद्यालय र भगवती माध्यामिक विद्यालय बिच प्रतिस्पर्धा भएको थियोे । जसमा सुनकुडा माध्यामिक विद्यालयले जित हात पार्न सफल भएको छ ।
प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।