१९ आश्विन २०८१, शनिबार
थलारा माध्यमिक विद्यालयमा भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रम सम्पन्न
बझाङको थलारा गाउँपालिका-५ खोलीमा रहेको थलारा माध्यमिक विद्यालयमा भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा र प्रगतिशील युवा समाजले आयोजना गरेको भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रम शुक्रबार थलारा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।
भुकम्प बाजा बजाएर नआउने भएकाले नागरिकले विपदबाट बच्नका लागि पुर्व तयारीमा बस्नुपर्ने लगायतका बिषयमा जानकारी गराउँदै , भुकम्प गएर आफन्तलाई चोटपटक लागे कसरी उद्वार गर्ने भन्ने बारेमा विद्यार्थीलाई अभ्यास गराइ प्रदर्शन गरिएको थियोे ।
अभ्यासमा थलारा माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक शिक्षिकालाई भूकम्पबाट हुनसक्ने सम्भावित क्षति र न्यूनीकरणका उपायहरूबारे पनि जानकारी प्रदान गरिएको थियोे कार्यक्रममा कमजोर संरचनाले पनि मानवीय क्षतिका घटनाहरू हुने भएकाले भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।
प्राकृतिक प्रकोप मानव नियन्त्रणमा नभएकाले यसबाट हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको विपद ब्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर पदम बिष्टले बताउनुभएको छ ।
भुकम्पिय सुरक्षा सम्बन्धि १ दिने कृतिम अभ्यास कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाका मन्त्री इश्वरनाथ जोशी र कार्यक्रम अधिकृत विनोद श्रेष्ठले प्रशिक्षण गर्नुभएको थियोे ।
कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर कडायतको अध्यक्षतामा भएको थियोे । नेपाल रेडक्रस सोसाइटी प्रतिनिधि युएमएनका प्रतिनिधि , प्रगतिशील युवा समाजका प्रतिनिधि , स्वास्थ्यकर्मी ,पत्रकार, शिक्षक, शिक्षिका अतिथि रहनु भएको थियोे ।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन विपद ब्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर बिष्टले गर्नुभएको थियोे ।
तस्बिरहरू