बैतडीमा मृत फेला परेका पदमराज अवस्थीको खल्तीमा निवेदन भेटियो

सेयर गरौं

बैतडीमा मृत फेला परेका पदमराज अवस्थीको खल्तीमा निवेदन भेटिएको छ । जिल्लाको पाटन नगरपालिका ६ गबरजलढ्वानी भीरमा मृत फेला परेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का अवस्थीको खल्तीमा प्रहरीलाई बुझाउन तयार पारिएको निवेदन भेटिएको हो । 

निवेदनमा आफूले होटलमा काम गरेको पैसा नपाएको र सो पैसा प्राप्तिका लागि सहयोग गरिदिनुपर्ने आसय उल्लेख गरिएको श्रोतले जनाएको छ । बिहीबार मृत फेला परेका अवस्थीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले घटनाको अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका छन् । मृतक अवस्थीले लकडाउन भन्दा अगाडि पाटनस्थित अवस्थी होटलमा काम गरेको खुलेको छ । 

मृतकका आफन्त थानेश्वरप्रसाद अवस्थीले पदमराज अवस्थी मृत्युप्रकरणको अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताए । उनले पदमराजको मृत्यु नभइ मारेर फालेको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् । 

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले मृतक पदमराजको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र भोलि पोष्टमार्टम गरिने बताए । पोष्टमार्टम रिपोटपछि मात्रै थप कुरा खुल्ने उनले बताए । मृतकका आफन्तका तर्फबाट घटनाको अनुसन्धानका लागि प्रहरीमा निवेदनमा आएको उहाँले बताउनुभएको छ ।
 #विभिन्न अनलाइन माध्यमबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1212