सांसद अरुण चौधरीलाई रिहाइको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन

सेयर गरौं

धनगढीः नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन गरेको छ। पार्टी निकट नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन्। 

‘रेशम चौधरी को रिहाई गर’, ‘माननिय अरुण चौधरी रिहाई गर’, ’जनमतको कदर गर’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिएको छ। ¥यालीपछि आयोजित कोण सभालाई पार्टीका प्रवक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेश्वर चौधरी लगायतका नेताहरुले सम्बोधन गरेका छन्। 
चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने पार्टीको चेतावनी छ। यस अघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम समेत दिएको थियो।

बाँकेको कोहलपुरबाट बिहीवार सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। १० वर्षदेखि अदालतको फरार सुचीमा रहेका नागरिक उन्मुक्तिबाट सांसद बनेका चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो। चौधरी अहिले कैलाली कारागारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263