२६ माघ २०८१, शनिबार

बझाङका एक युवक चरेश सहित कैलालीमा पक्राउ
बझाङ – बझाङका एक युवक चरेश सहित कैलालीमा पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभारा गाउँपालिका वडा नम्बर ६ का २९ बर्षीय सत्यनारायाण पुजारालाई एक किलो ५ ग्राम चरेश सहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाका आधारामा फुलारालाई अत्तरीयाको एक होटलबाट पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका २ बसापार्कस्थित छबिसपाथिभेरा बझाङ होटलको कोठामा बसीरहेका फुलारालाई पक्राउ गरिएको हो । फुलारालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
7
+1
+1
1