विक्रम तिरुवा सलिन पाँच मुक्तक

सेयर गरौं

विक्रम तिरुवा सलिन
जुम्ला
मुक्तक

१)
हिड्ने बाटो उकालो बनाउने कि ओरालो आफैंले हो ।
यो जिन्दगीलाई जतिसक्दो पार्ने उज्यालो आफैंले हो ।
मौका मिल्ने बित्तिकै खुट्टा काट्न खोज्दछ दुनियाँ,
सदुपयोग गर्ने भन्ने कुरा आएको पालो आफैंले हो ।

२)
मनले मस्तिष्कसँग सहकार्य गर्दै अघि बढ्दै छ यहाँ ।
सम्बन्ध प्रगाढ बनाउदै सदैव सर्दै अघि बढ्दै छ यहाँ ।
माया प्रेमको आभास मन मस्तिष्क देखि आउने त हो ,
समय सन्दर्भमा एक जोडी खुशी भर्दै अघि बढ्दै छ यहाँ ।

३)
कसरी यो मेरो छाती तिम्रो लागि दैलो भयो ।
यसैमाथि हाँसेर खेल्ने तिम्रो चाड भैलो भयो ।
यस्तो अत्याचार बारम्बार को सहन सक्छ र ,
त्यहीँ भएर त तिमीदेखि मेरो मन मैलो भयो ।

४)
पिरतीमा धोका दियौं अनि टाढिएर गयौं ।
अझ उल्टै धोखेबाज भनी टाढिएर गयौं ।
तिमीलाई मनमा राख्ने मै अभागी रहेछु ,
तिमी एक्कासी निष्ठुरी बनी टाढिएर गयौं ।

५)
अटुट! रहनेछ हाम्रो सम्बन्ध,दुश्मनले भत्काउन सक्दैन ।
प्रेमको पहरा पो! हो यो लगाएर आगो लगाउन सक्दैन ।
अघि बढ्नु छ संसारमा गर्दै एकाअर्कालाई सत्य निष्ठा,,
सत्य! प्रेम गर्नेले कहिल्यै पनि मनलाई सताउन सक्दैन ।

मुक्तक वाचन भिडियो , 👇️👇️

लेखक विक्रम जुम्लाका हुन ।
उनी विगत लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका छन् ।

यो लेखक पढ्दा यदि तपाईलाई पनि यसरी नै डिजिटल अनलाइन पत्रिकामार्फत रचना प्रकाशित गर्ने चाहना भए हामीलाई पठाउनु होस् , हामी प्रकाशित गरिदिने छौ।
लेख रचना पठाउनका लागि
gmail
[email protected]

[email protected]
[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314