धनगढीमा होटलको छतबाट खसेर अछामका २६ वर्षीय सोडारी घाइते

सेयर गरौं

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा होटलको छतबाट खसेर एक जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कमल रोशन होटल एण्ड लजको छतबाट खसेर अछामको मंगलसेनका २६ वर्षीय कपिल सोडारी घाइते भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्रबहादुर पालले राती करीब साढे १२ बजेतिर सोडारी छतबाट खसेर घाइते भएको बताए ।

उनकाअनुसार सोडारीका दुवै खुट्टामा चोट लागेको छ । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको एसपी पालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246