प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा चितवनका किसानकाे माग सम्बोधन गर्न निर्देशन

सेयर गरौं

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेकाे विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानकाे माग सम्बाेधनको लागि आवश्यक पहल गर्न निर्देशन दिनुभएकाे हाे । हिजाे शुक्रवार चितवनका किसानहरूले उचित मूल्य नपाएको भन्दै तरकारी र अन्य कृषिजन्य उत्पादन सडकमा फालेका थिए ।

चिवतनमै रहनुभएका मन्त्री साहलाई प्रधानमन्त्रीले किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताउनुभएको छ ।

कृषिमन्त्रीले किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338