२८ आश्विन २०८१, सोमबार
सेती नदीमा हाम फालेर बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला
बझाङ – बझाङको सेती नदीमा हाम फालेर बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको छ ।
शुक्रबार बेलुका ४/५ बजेको समयमा दुर्गाथलि गाउँपालिका-२ झनाना नजिकै बाट सेती नदिमा हाम फालेर बेपत्ता भएका छबिसपाथिभेरा गाउँपालिका- ४ का ३१ वर्षीय नरेश थापाको आइतबार दोस्रो दिन शव फेला परेको हो ।
थापाको शव हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा फेला परेको प्रहरीले जनाएको छ ।
थापा छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अम्मराज थापाका जेठा छोरा हुन् ।
उनले केकति कारणले नदिमा हाम फालेका हुन घटनाको कारण भने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
+1
2
+1
26