बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको घटनास्थलमै मृत्यु

सेयर गरौं

बझाङ

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ रकैल घर अन्दाजी २३/२४ अमृता खत्रीको मृत्युु भएको हो ।

सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाल तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीलाई उद्रित गर्दै घटनास्थलबाट सञ्चारकर्मी पवन बोहराले जानकारी दिए ।

अहिले ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका ६ का दिपेन्द्र साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका ७ का नारायण जोशी फरार रहेका प्रहरीले जनाएको छ।

खत्री संस्थको फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ।

मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


मृतक खत्रीको माइतीघर खप्तडान्ना गाउँपालिका रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
12
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212