डोटीमा हतियार प्रहारबाट एक जना घाइते, दुई जना प्रहरी नियन्त्रणमा 

सेयर गरौं

किरण धामी – डोटी

डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर २ बगलेकमा आपसी विवाद हुँदा एक जना घाइते भएका छन् । सोमवार घरमा पूजा भइरहेको बेला आपसी विवाद हुँदा शेर बहादुर ठकुल्ला घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोला कुमार भट्टले जानकारी दिनुभयो ।

ठकुल्लाको टाउको चोट लागेको छ । उनीमाथि धारिलो हतियार प्रहार भएको हुनसक्ने अनुमान गरिए पनि कुन हतियार प्रहार भएको हो भन्ने खुलेको छैन ।

प्रहरीले उनलाई आक्रमण गरेको आशङ्कामा सोही ठाउँ दुई जनालाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1212