१२ माघ २०८१, शनिबार
थलारा बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा कृष्णबहादुर रोकाया सर्वसम्मत चयन
बझाङ – बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा कृष्णबहादुर रोकाया सर्वसम्मत चयन हुनुभएको छ ।
माघ १३ गते बसेको साधारणसभालाई सोमबार पूर्णता दिँदै रोकायालाई संचालक समिति अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
रोकायाको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गरिएको क्याम्पस प्रमुख विष्णुभक्त उपाध्यायले जानकारी दिनुभएको छ ।
समितिको उपाध्यक्षमा शेरबहादुर रोकाया कोषाध्यक्षमा वसन्त नेपाली रहनु भएको छ । त्यस्तै अन्य सदस्यमा भुवनेश्वर उपाध्याय, मोहन राज जोशी, गोकुलराज जोशी, विमलादेवी चौहान , पदम बहादुर ओली र दिल बहादुर खद्का रहेका छन् ।
प्रमुख उपाध्यायका अनुसार सोमबार ९ सदस्यीय संचालक समिति गठन गरिएको र अब बस्ने संचालक समिति बैठकले मनोनीत सदस्य छनोट गरि ३५ सदस्यीय संचालक समिति गठन गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
1
+1
+1
+1