२८ आश्विन २०८१, सोमबार
थलारा गाउँपालिका- ८ मा कृषक समुह संजाल गठन तथा अभिमूखिकरण गोष्ठी सम्पन्न
बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ८ मा कृषक समुह संजाल गठन तथा अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ ।
थलारा गाउँपालिका कृषि बिकास शाखाको आयोजनामा भएको कृषक समुह संजाल गठन तथा अभिमुखिकरण गोष्ठी वडा कार्यालय साँयरमा सोमबार सम्पन्न भएको हो ।
गोष्ठीबाट वडा स्तरीय कृषक समुह गठन गरिएको छ । कलक बहादुर सिंह अध्यक्षतमा ९ सदस्यीय वडा स्तरीय कृषक समुह संजाल गठन गरिएको हो । समितिको सचिवमा सिद्धराज जोशी र कोषाध्यक्षमा लक्ष्मी देवी उपाध्याय लगायत ९ सदस्यीय वडा स्तरीय कृषक समुह गठन गरिएको वडा सचिव डिल्लीराज पाण्डेले जानकारी दिनुभएको छ । वडा स्तरीय कृषक समुह गठन गर्नु अघि कृषि र कृषकका बिषयमा अभिमुखिकरण गरिएको थियोे ।
कृषिलाई समुहमा उत्पादन गराउन र उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्नका लागि पालिकाका ९ वटै वडामा कृषक समुह संजाल गठन कार्य भइरहेको थलारा गाउँपालिका कृषि विकास शाखा प्रमुख तेजबहादुर ओलीले बताउनुभएको छ ।
उहाँका अनुसार कृषि विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कृषक समुह गठन अभियान अन्तर्गत वडा नम्बर ८ मा पनि सोमबार गठन गरिएको हो ।
उक्त गोष्ठी वडा अध्यक्ष टिकाराज जोशीको अध्यक्षतामा र कृषि विकास शाखा प्रमुख ओलीको संचालनमा भएको थियोे, भने वडाका कृषकहरूको उपस्थिति रहेको थियोे ।