७ माघ २०८१, सोमबार
बित्थडचिर गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, उपाधी सुनकुडा माविलाई
बझाङको बित्थडचिर गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ ।
‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुनकुडा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधी सुनकुडा माध्यमिक विद्यालयले हात पारेको छ।
प्रतियोगितामा महादेव माध्यमिक विद्यालयले द्वितीय र केदार माध्यमिक विद्यालय तृतीय भएको छ।
प्रतियोगितामा छात्रछात्रा भलिबल, रिले दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सटपुट, कवड्डी, ज्याबलिङ थ्रो लगायत एथ्लेटिक्सका खेलहरु समावेश थिए।
पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोे बित्थडचिर गाउँपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर ७ अध्यक्ष दिनेश अधिकारीले बताउनुभएको छ।
उहाँका अनुसार प्रतियोगितामा बित्थडचिर गाउँपालिकाका ६ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई शिल्ड र ट्रफी प्रदान गरिएको छ।