टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ३ सय नाघ्यो

सेयर गरौं

काठमाडौं: टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ३ सय नाघेको छ।

सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट अन्य हजारौँ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। र्कीमा अहिलेसम्म १५०० जनाको ज्यान गएको पुष्टि भएको छ ।

अन्य पाँच हजार ३०० जना घाइतेको भएको पुष्टि भएको छ। यसैगरी सिरियामा ८१० जनाको मृत्यु भएको पुष्टि भएको छ। सिरियामा दुईहजार भन्दा धेरै घाइते भएको जनाएको छ। सोमबार सबेरै मान्छेहरू सुतिरहेका बेला भूकम्प गएको थियो। त्यसको केही घण्टापछि फेरि ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। सरकारले निरन्तर उद्धार कार्य गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228