बैतडीमा बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान

सेयर गरौं

बैतडी –बैतडीमा बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ बर्षीय पुरुषलाई पुर्पक्षका लागि जिल्ला अदालतको आदेश अनुसार सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ । 

ती पुरुषले आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले गएको पौष २८ गते पक्राउ परेको थियो । पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245