२४ माघ २०८१, बिहीबार

थलारा गाउँपालिकामा सामुदायिक विद्यालय कक्षा ३ र ५ का बालबालिकाको वडा स्तरीय शैक्षिक स्तर मापन र शिक्षा सरोकारवालाको अन्तरक्रिया कार्यक्रम सम्पन्न
बझाङ – बझाङको थलारा गाउँपालिकामा सामुदायिक विद्यालय कक्षा ३ र ५ का बालबालिकाको वडा स्तरीय शैक्षिक स्तर मापन र शिक्षा सरोकारवालाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गुणस्तरीय शिक्षा जीवन आधार , गुणस्तरीय शिक्षा नै पुर्वाधार भन्ने मुल नाराका दिदै थलारा गाउँपालिका वडा नम्बर -५ युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाजको सहयोग तथा थलारा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय र सडिल धार्मिक तथा सामाजिक विकास समुहको आयोजनामा भएको वडा स्तरीय शैक्षिक स्तर मापन र शिक्षा सरोकारवालाको अन्तरक्रिया कार्यक्रम मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रम थलारा गाउँपालिका वडा नम्बर ५ का सामुदायिक विद्यालयका लागि आयोजना गरिएको थियोे । वडा स्तरीय शैक्षिक स्तर मापन र शिक्षा सरोकारवालाको अन्तरक्रिया कार्यक्रममा सोमबार वडा अन्तर्गतका सामुदायिक विद्यालय थलारा माध्यमिक विद्यालय , दुर्गा भवानी आधारभूत विद्यालय र देवदुर्गा आधारभूत विद्यालयका कक्षा ३ र ५ का विद्यार्थीहरू बिच शैक्षिक स्तर मापन गर्नका लागि परीक्षा लिएको थियोे । सोमबार लिएको परीक्षाको आज मंगलबार उक्त कार्यक्रममा तीन वटै विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अभिभावक संघ अध्यक्ष प्रधानाध्यापक, गाउँपालिकाका जनप्रतिनिधिहरू गाउँपालिका शिक्षा शाखा प्रमुख लगायतका उपस्थितिमा सार्वजनिक गरिएको थियोे ।
सार्वजनिक गरिएको नतिजाले शैक्षिक अवस्था खस्किएको देखाएको थियोे । उक्त चिन्ताजनक खस्किएको शैक्षिक अवस्थालाई गुणस्तरीय बनाउन अभिवृद्धि गर्न र उकास्नका लागि केके गर्नुपर्ला भन्ने बिषयमा कार्यक्रममा सहभागी विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अभिभावक संघ अध्यक्ष र प्रधानाध्यापक र सरोकारवालासँग अभिमूकरण गरिएको थियोे । भने शैक्षिक मापन गर्नका लागि लिएको परिक्षामा तीन बटै विद्यालय मध्येबाट सबैभन्दा बढी अंकल प्राप्त गरि प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुने विद्यार्थीलाई कापी कलम झोला लगायतका शैक्षिक सामाग्रीले पुरस्कृत गरिएको थियोे ।
सडिल धार्मिक तथा समाजिक बिकास समुहका अध्यक्ष मानबहादुर चौहानको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष टिकाराज जोशी प्रमुख अतिथि रहनुभएको थियो । थलारा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर खाती १ का अध्यक्ष रवीन्द्र जोशी , प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित , शिक्षा शाखा संयोजक हर्क रोकाया उक्त शाखामा कार्यरत राइभान ओली , कम्प्युटर अपरेटर हेमन्त चन्द प्रगतिशील युवा समाज सिकाइ परियोजना कार्यक्रम अधिकृत राजेन्द्र खड्का लगायत अन्य प्रतिनिधिहरू थलारा बहुमुखी क्याम्पसका प्रमुख विष्णुभक्त उपाध्याय अन्य शिक्षकहरू सहभागी विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अभिभावक संघ अध्यक्ष प्रधानाध्यापक अतिथि रहनु भएको थियोे । कार्यक्रम सञ्चालन सहजीकरण जिल्ला पत्रकार महासंघ पुर्व अध्यक्ष जगदीश रोकायाले गर्नुभएको थियोे ।


