२ फाल्गुन २०८१, शुक्रबार

खप्तडछान्ना गाउँपालिकामा १० दिने प्रारम्भिक बालविकास क्षमता अभिबृद्धि तालिम सुरु
तरुणा जोशी – बझाङ
बझाङको खप्तडछान्ना गाउँपालिकामा १० दिने प्रारम्भिक बालविकास क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकको समन्वयमा घाटखोलामा रहेको ईश्वर आधारभूत विद्यालयमा उक्त तालिम सुरु भएको हो । बालविकास सिकाइको जग भएकोले बच्चाको शारीरिक विकास,बौद्धिक विकास,सामाजिक विकास,संबेगात्मक विकास र भाषिक विकास क्षेत्रमा बालबालिकाको लागि बाताबरण तयार गर्न बालविकास शिक्षकको क्षमता अभिबृद्धि तालीमको आयोजना गरिएको हो ।
रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सोती र निबर्तमान गाउपालिका अध्यक्ष तथा विद्यालय ब्यब्स्थापन समिति अध्यक्ष बर्क बहादुर रोकायाको उपस्थिति रहेको थियो । उक्त तालिमको उद्घाटन खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले प्रारम्भिक बालविकास तालिम अति नै महत्वपुणर् रहेकोले सक्रिय भएर सिक्न आग्रह गर्नु भयो । बालविकासलाई सबल बनाउन र बालविकास शिक्षकको हकहितको लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सोतीले बाल विकास महत्वपूणर् भएको हुँदा तालिममा सक्रिय भएर सिकेका सिप कक्षाकोठामा लैजान आग्रह गदै आगामी दिनमा सरकारले उपलब्ध गराउने बालबिकास सम्बन्धि सहयोग बालबिकास ब्यबस्थापनमा नै खर्च गर्ने बाताबरण मिलाउने प्रतिबद्धता गर्नु भयो ।
निर्बमान गाउपालिका अध्यक्ष बर्क बहादुर रोकायाले सिकेका सिपलाई अनिवार्य कक्षाकोठामा लागू गर्न र कार्यन्वयनको लागि बिद्यालय अनुगमनमा ध्यान दिन सरोकार वालालाइ सुझाव दिनु भयो।
यस्तै रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले बालविकासको समग्र ब्यबस्थापनमा सुधार ल्याउन आबश्यक रहेकोले तालिम प्रस्चात बालबिकासको क्षेत्रमा सुधार आउने आशा राख्दै तालिममा सक्रिय भयर सीप सिक्न र कक्षा कोठामा लागू गर्न अनुरोध गर्दै आगामी दिनमा पनि समग्र शैक्षिक सुधारमा विभिन्न कार्यक्रम लागु गर्दै जाने बताउनु भयो ।
उक्त तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगाएतका विषयवस्तुमा छलफल हुने जनाइएको छ ।
तालिममा गाउँपालिकाका ३८ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण बालबिकास बिज्ञ डा .मिनाक्षी दाहाल र मिना ढुङ्गेलले गरिरहनु भएको छ । रीड नेपालले खप्तडछन्नाका आधारभुत तहका १९२ शिक्षकहरुलाई बालमैत्री सिकाइ तालिम र आबश्यक शैक्षिक सामाग्री दिइसकेको रिड नेपाल का जिल्ला शिक्षा अधिकृत उमा भट्टले बताउनु भयो ।