भैरव माध्यमिक विद्यालय झोतामा हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा, वडा कार्यालयद्वारा मदिरा बिक्रीवितरण र सेवनमा रोक

सेयर गरौं

बझाङको केदारस्युँ गाउँपालिकामा हुन लागेको पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
माघ २६ गते भोलि बिहीबारदेखि केदारस्युँ गाउँपालिका वडा नम्बर -९ स्थित भैरव माध्यमिक विद्यालयमा हुन लागेको पालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिताको ८० प्रतिशत तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

विद्यालयले फिल्ड निर्माण, कार्य विभाजन , र उद्घाटन समारोहका लागि तयारीको कार्य अन्तिम चरणमा पुगेको प्रधानाध्यापक शान्ति बोहराले बताउनु भएको छ।
यसबर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा एथलेटिक्सलङ्ग, दौड,
भलिबल, कबर्डी, हाइजम्प,लम्मजम्प , त्रिबल जम्म, ज्वाब्लिङथ्रो, सडफुट थ्रो, प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा पालिका भरका १३ वटा मावि विद्यालय सहभागी हुने शिक्षक तथा अम्पायर राजेन्द्रकुमार गिरीले जानकारी दिनुभएको छ ।
भोलि बिहान १० बजे राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिने विद्यालयले जनाएको छ।
उक्त प्रतियोगिता माघ २८ गतेसम्म चल्ने भएको छ ।

प्रतियोगिताको समयमा मदिरा बिक्रीवितरणमा रोक

केदारस्युँ गाउँपालिका वडा नम्बर ९ ले मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।
भोलि माघ २६ गतेदेखि भैरव माध्यमिक विद्यालय झोतामा हुन लागेको राष्ट्रपति रनिङ सिल्डको अवधि भर वडाले मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाइएको वडा सचिव मिलन नेपाली बताउनुभएको छ ।

मदिरा बिक्रीवितरण र सेवनबाट वातावरण असन्तुलन भइ कार्यक्रम प्रभावित हुने र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नसकिने अवस्था निम्तिने भएकोले वडा सिमानाभित्र सुडिखोला देखि चम्मन चौराहा सम्ममा प्रतियोगिता अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाइएको वडाध्यक्ष नन्दलाल बोहराले हस्ताक्षरित सूचनामा भनिएको छ

त्यस्तै सूचनामा साँझ ६ बजेदेखि ९ बजेसम्म मदिरा जन्य पदार्थ बिक्रीवितरण गर्न मिल्ने समय तोकिएको छ।
सूचनाको अवज्ञा गरिएको पाएकामा प्रचलित कानुनअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

IMG 20230208 135504 856
फिल्ड
IMG 20230208 135535 648
भलिबल कोर्ड
IMG 20230208 145520 453
मदिरा बिक्रीवितरण र सेवनमा रोक सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212