दार्चुलाको महाकाली नदीमा बगेका ७० वर्षीय वृद्धको मृत्यु

सेयर गरौं

दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको मृत्यु भएको छ । दार्चुला खलङ्गा बजार नजिक महाकाली नदीमा बगिरहेका ७० वर्षीय वीर सिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका २ पनौडा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्धलाई जिल्ला अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ ।    वृद्ध कसरी महाकालीमा बगे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
संवाददाता
संवाददाता
Articles: 1245