७ चैत्र २०८१, शुक्रबार

थलारा गाउँपालिका स्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि हुने, अन्य कुन पालिकामा हुँदैछ रनिङ शिल्ड ?
बझाङको थलारा गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगिता भोलि देखि हुने भएको छ ।
भोलि माघ २६ गतेदेखि थलारा माध्यमिक विद्यालयमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको थलारा माध्यमिक विद्यालयले जनाएको छ ।
बिहीबार भोलि १० बजे उद्घाटन हुने उक्त प्रतियोगिताको लागि फिल्ड निर्माण तथा सरसफाइ मञ्च ब्यवस्थापन तथा सजावट गरि ८० प्रतिशत तयारी पूरा भएको प्रधानाध्यापक शेरबहादुर चौहानले बताउनुभएको छ ।
राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्सलङ्ग, दौड ,भलिबल, छात्रछात्रा ,हाइजम्प,लम्मजम्प त्रिपल जम्म, ज्वाब्लिङथ्रो, सडिपुट थ्रो, प्रतियोगिता हुने भएको छ ।
रनिङ सिल्ड प्रतियोगितामा पालिका भरका सामुदायिक माध्यमिक ८ वटा विद्यालय सहभागी हुने प्रधानाध्यापक चौहानले बताउनुभएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराको प्रमुख आथिति रहनु हुने भएको छ ।
छबिसपाथिभेरामा पनि रनिङ शिल्ड बिहीबारदेखिनै
छबिसपाथिभेरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि देखिनै सुरु हुनेभएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ स्थित बान्नी चौर माध्यमिक विद्यालयमा भोलि देखि पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता हुन लागेको वडा नम्बर ७ का वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिनुभएको छ। उक्त प्रतियोगितामा पालिका भरका ८ वटा मावि विद्यालय सहभागी हुनेछन् ।
दुर्गाथलिमा पनि रनिङ शिल्ड भोलि देखिनै
त्यस्तै दुर्गाथलि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड पनि भोलि बिहीबार देखिनै सुरु हुने पालिकाले जनाएको छ ।
भोलि दुर्गाथलि गाउँपालिका वडा नम्बर ७ दौला स्थित दुर्गा माध्यमिक विद्यालयमा प्रतियोगिता हुने लागेको हो। उक्त प्रतियोगिताको गाउँपालिका अध्यक्ष दिलबहादुरथापाको प्रमुख अतिथि रहनु हुनेभएको जनाइएको छ । प्रतियोगितामा पालिका भरका मावि विद्यालय सहभागी हुने छन् ।
केदारस्युँमा पनि
यस्तै केदारस्युँ गाउँपालिको पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि भोलिदेखिनै हुनेभएको छ ।
भोलि बिहीबारदेखि केदारस्युँ गाउँपालिका वडा नम्बर -९ स्थित भैरव माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता हुनेभएको हो ।
विद्यालयले फिल्ड निर्माण, कार्य विभाजन , र उद्घाटन समारोहका लागि तयारीको कार्य अन्तिम चरणमा पुगेको प्रधानाध्यापक शान्ति बोहराले बताउनु भएको छ।
प्रतियोगितामा पालिका भरका १३ वटा मावि विद्यालय सहभागी हुने शिक्षक तथा अम्पायर राजेन्द्रकुमार गिरीले जानकारी दिनुभएको छ ।
भोलि बिहान १० बजे राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिने विद्यालयले जनाएको छ।
उक्त प्रतियोगिता सबै विद्यालयमा माघ २८ गतेसम्म चल्ने भएको छ ।