२५ माघ २०८१, शुक्रबार

छबिसपाथिभेरा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रममा एक महिलाको बाटोमै ज्यान गयो
बझाङको छबिसपाथिभेरा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रममा एक महिलाको बाटोमै ज्यान गएको छ । छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७२ बर्षिया सिता गिरीको गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा खौलागणा भन्ने ठाउँमा ज्यान गएको हो ।
विहान गाउँपालिका भवन व्याँसीमा जेष्ठ नागरीक भत्ता बुझ्न गएकि उनको बुधबार दिउँसो फर्कने क्रममा विचबाटोमै ज्यान गएको स्थानीय रामभक्त गिरीले जानकारी बताउनुभयो ।
मृतक गिरी दमकी विरामी थिइन् ,भने उनी केही समय अघिदेखि अस्वस्थ्य रहेकी पारिवारिक स्राेतले जनाएकाे छ । मृतक गिरीको घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैङ्कमा पुग्न गाडीमा १ घण्टा भन्दा बढी समय लाग्छ । नेपाल सरकारको बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बुझेर लैजानुपर्ने नियम लागू गरेपछी सेवाग्राहीलाई सास्ती भएको छ ।
यस्तो नियम लागू भएपछि अहिले ग्रामीण भेगका बिशेश गरि जेष्ठनागरीहरूले सामाजिक सुरक्षा भत्ता बुझ्न ठूलो सास्ती खेप्नुपरेको जेष्ठनागरिकहरूले बताउँदै आएका छन् ।
उक्त घटनापछि स्थानीयले वृद्ध भत्ता बुझ्न बुढाबुढीले गाउँपालिका पुग्नै पर्ने भए टोलटोलमा जनप्रतिनिधि निर्वाचित गर्नुको के नै अर्थ छ? लगायतका सवाल गरेका छन् ।
छबिसपाथिभेरा गाउँपालिकाले भने अशक्त असायको हकमा इच्छाएको ब्यक्तीले भत्ता पाउने र त्यसो गर्दा पनि बैंकमा आउन नसक्नेको हकमा बैंकका कर्मचारी घरमै गएर पनि भत्ता बितरण गर्दै आएको गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले सामाजिक सञ्जाल आफ्नो फेसबुक वालामा लेखेका छन् । त्यस्तै उहाँले सामाजिक सुरक्षा भत्ता सहज तरिकाले बितरण गर्ने बिकल्प हामिले खोज्नुनै पर्छ पनि लेखेका छन् ।
यता वडाध्यक्ष करनजंग बहादुर सिंहले पनि मृतक गिरीलाई तपाई बिरामी हुनुहुन्छ तपाईंको भत्ता केही दिन पछि घरमै पाउने ब्यबस्था मिलाउन्छु भनेको बताउनुभएको छ । उहाँले घरमै पाउने व्यवस्थापन मिलाउँछु भन्दाभन्दै पनि गिरी बैंकमै पुगेर भत्ता बुझेर फर्किदा ज्यान गएको बताइएको छ ।