थलारा गाउँपालिमा राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलमैदानको लागि आवश्यक पहल चाल्छु जिल्ला समन्वय समिति प्रमुख बोहरा

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिहीबार आजदेखि सुरु भएको छ ।
थलारा गाउँपालिका – ५ स्थित थलारा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २६ गते बिहीबारदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो ।
थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराको प्रमुख अतिथि रहनु भएको थियोे । त्यस्तै बिशिष्ठ अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्ट , अतिथिमा ९ वटै वडाका वडाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित लगायतका रहनु भएको थियोे ।

बझाङ जिल्लामा खेलमैदानको आवश्यकता रहेको बताइएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख बोहराले जिल्लामा खेलमैदानको आवश्यकता रहेको छ ,त्यसका लागि आफू सकारात्मक रहेको र खेलमैदानका लागि पहल चाल्ने उहाँले बताउनुभएको हो ।
समग्र जिल्लाको विकासका लागि प्रदेश, संघीय सरकारसँग समन्वय गरि अघि बढ्ने , सुखी बझाङबासी समृद्ध बझाङ बनाउनका लागि जिल्ला समन्वय समिति प्रमुख भएको हैसियतले जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरि बझाङबासीलाई विकास को अनुभुती दिलाउने प्रमुख बोहराको भनाइ रहेको थियोे ।

त्यस्तै कार्यक्रमकम अध्यक्ष तथा पालिका उपाध्यक्ष खातीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलक्षेत्रको विकास , खेलाडी पहिचान गर्नका लागि भएको बताउनुभयो । उहाँले भने यश प्रतियोगिताबाट राम्रो खेलाडी छनोट पहिचान गरि जिल्ला स्तरीय प्रतियोगिता सहभागी गराइने बताउनुभएको थियोे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भरका सबै सामुदायिक माध्यमिक विद्यालय सहभागी भएका छन् ।

त्यस्तै केदारस्युँ गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्बर ९ झोता स्थित भैरव माध्यमिक विद्यालयमा, उता छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ स्थित बान्नीचौर माध्यमिक विद्यालयमा र दुर्गाथलि गाउँपालिकाको वडा नम्बर ७ दौला स्थित दुर्गा माध्यमिक विद्यालयमा पनि माघ २६ बिहीबार आजदेखिनै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212